२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

‘एमसीसी’लाई अघि बढाउन दलहरुको निर्णय पर्खिरहेको छु : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग नियोग कार्यक्रम ‘एमसीसी’लाई संसदीय प्रक्रियामा अगाडि बढाउन दलहरुको निर्णय पर्खिरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा गरिएको पत्रकार भेटघाटमा सभामुख सापकोटाले आफू सहजीकरणको भूमिकामा मात्र रहेको भन्दै सत्तारुढ दल र अन्य पक्षहरुको सहमतिमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने बताए ।

सीमा विवादसम्बन्धी संकल्प प्रस्ताव विशेष कारणले संसदको दैनिक कार्यसूचीबाट नहटेको र आगामी बैठकमा छलफल हुने उनले बताए ।

सभामुख सापकोटाले रिक्त उपसभामुख पदपूर्तिको लागि दलहरुबीच छलफल भइरहेको भन्दै दलीय सहमतिपछि आफूले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिए ।

संसद सचिवालयको कार्यवाहकको जिम्मेवारी दिने विषयमा आफू र राष्ट्रियसभाका अध्यक्षबीच विवाद नरहेको भन्दै सापकोटाले संसद बैठकमा ‘कोरम’ नपुग्ने अवस्था अन्त्य गर्न छलफल गरिरहेको बताए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ४

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP