काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी (ईभी) प्रति आकर्षण बढ्दै गएको देखिन्छ । पर्यावरणीय दृष्टिकोण, तुलनात्मक रूपमा सस्तो यात्रा, सहज तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था लगायतका कारण ईभीप्रति चासो बढेको हो ।
यद्यपि लामो यात्रामा निस्किनु पहिले आफ्नो साधन कहाँ चार्ज गर्ने भन्ने सबै भन्दा ठुलो चिन्ताको विषय हुने गरेको छ । अझ चाडपर्वको समयमा त लामो यात्रामा निस्किने ईभीको चाप बढी हुन्छ । जसले गर्दा यात्रा तय गर्नु अगावै आफ्नो रुटमा पर्ने चार्जिङ स्टेसन र ती चार्जिङ स्टेसनको अवस्थाबारे जानकारी राखेमा यात्रा सहज हुनसक्छ ।
सडकमा ईभीको उपस्थिति बढ्दै जाँदा हाल नेपालका विभिन्न रुटहरूमा गाडी वितरक कम्पनीहरू, निजी स्तर र नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन निर्माण कार्यलाई तीव्रता दिएका छन् । यसकारण दशैं-तिहारको समयमा ईभी लिएर लामो यात्रामा निस्किँदा गाडी चार्ज गर्न समस्या भोग्नु नपर्ने बिक्रेताहरू बताउँछन् ।
हाल नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानमा ६२ ओटा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । प्राधिकरणका काठमाडौं उपत्यका बाहेक हाल निम्न स्थानमा फास्ट चार्जिङ स्टेसनहरू सञ्चालनमा छन्ः
आँबुखैरेनी
कुरिनटार
चरौंदी
दोलखा
धुलिखेल
धार्के
मुग्लिन
पारस बसपार्क, चितवन
सिन्धुलीको खुर्कोट
सिन्धुली बसपार्क
इलाका प्रहरी कार्यालय बर्दिवास
महोत्तरी
हरिवन, सर्लाही
इनरुवा बसपार्क, सुनसरी
प्रहरी पेट्रोल पम्प लहान, सिराहा
कालिका फ्युल सेन्टर पोखरा, कास्की
दमक बसपार्क, झापा
सुर्खेत बसपार्क
हेटौंडा, रातामाटे, मकवानपुर
बेगनास ताल, पोखरा
बुटवल बसपार्क, रूपन्देही
इटहरी, सुनसरी
विराटनगर, मोरङ
कोहलपुर, नयाँ बसपार्क, बाँके
धनगढी, कैलाली
त्रिशूली, हावाघर, नुवाकोट
बट्टार, त्रिशूली, नुवाकोट
कुस्मा, पर्वत
लमही बसपार्क दाङ
लम्की, कैलाली
बनेपा, काभ्रे
थानकोट
भरतपुर बसपार्क, चितवन
वीरगन्ज बसपार्क, पर्सा
अत्तरिया बसपार्क, कैलाली
प्राधिकरणबाट निर्मित सम्पूर्ण चार्जिङ स्टेसनको विवरण प्राधिकरणकै एप ‘एनईए चार्ज’ (NEA CHARGE ) बाट प्राप्त गर्न सकिन्छ । सो एपमा चार्जिङ स्टेसन भएका ठाउँहरू मात्र नभएर आफूलाई पायक पर्ने ठाउँमा चार्जिङ पोर्ट खाली भए/नभएको वा चार्जिङ स्टेसन हाल सञ्चालनमा रहे/नरहेको जानकारी पनि लिन सकिन्छ ।
यसका लागि एनईए चार्जको एपमा गएर आफूले जानकारी प्राप्त गर्न चाहेको चार्जिङ स्टेसनमा टच गर्नुहोस् ।
यसरी टच गरेपछि तपाईँले ‘डिटेल्स’ (Details), लिस्ट (List ) र कमेन्ट (Comment ) लेखिएका तीन ओटा आइकन देख्न सक्नुहुन्छ ।
जसबाट ‘डिफल्ट रूपमा नै चार्जिङ शुल्क, चार्जिङ स्टेसन खुला रहने समय लगायतका सूचना प्राप्त गर्न सकिन्छ । त्यस्तै डिटेल्स आइकनकै छेउमा रहेको लिस्ट भन्ने आइकनमा टच गर्नु भयो भने तपाईँले चार्जरको क्षमता, प्रकार र सो चार्जर अहिले उपलब्ध भए/नभएको जानकारी समेत लिन सक्नु हुन्छ ।
पछिल्लो समय प्राधिकरणसँगै आक्रामक बजार विस्तार गरिरहेका ईभी गाडी वितरक तथा निजी क्षेत्रबाट पनि चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । हाल नेपाली बजारमा अत्यधिक रुचाइएका ईभी ब्रान्ड बीवाईडी, टाटा, किया, एमजी, हुन्डाई, दीपल लगायतले उपत्यका बाहिर समेत चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनलाई प्राथमिकता दिएको देखिन्छ ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...