२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

अवतरणको क्रममा विमानमा आगो दनदनी

अमेरिकामा अवतरणको क्रममा रहेको विमानमा दनदनी आगो लागेको छ । सान डिआगोबाट लास भेगास गएको फ्रन्टियर एअरलाइन्सको विमानमा आगोको मुस्लो र धुँवा देखिएपछि ह्यारी रेड अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रुपमा अवतरण गरिएको बताइएको छ ।

विमानमा चालक दलका सदस्य र यात्रु गरेर १९० जना थिए । उनीहरुलाई तत्काल सुरक्षित रुपमा उद्धार गरिएको अमेरिकाको सीबीएस न्युजले जनाएको छ ।

अवतरणको क्रममा आकाशमा छँदै विमानमा आगो लागेको चालकहरुले थाहा पाएपछि आपतकालीन अवतरण गराइएको थियो । यात्रु कसैलाई पनि घाउ चोट नलागेको विमानस्थल कार्यालयले जनाएको छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ आश्विन २०

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP