२०८३ भाद्र २२, सोमबार
September 7, 2026, Monday

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपालको जीत

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७ रनको लक्ष्य पछ्याएको हाइप्रोफमेन्स ४५ ओभर ३ बलमा एक सय ५६ रनमा अलआउट भयो ।

नेपालका गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर १ बलमा एक सय ७६ रनमा अलआउट भएको थियो । सोमपाल कामीले सर्वाधिक ३१, दीपेन्द्रसिंह ऐरीले २७ तथा अनिल कुमार साहले २५ रन जोडे ।

यो जीतसँगै तीन खेलको अभ्यास खेल एक/एकको बराबरी भएको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल पर्सि मङगलवार हुनेछ ।

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०८१ आश्विन २०

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP