२०८३ भाद्र २३, मंगलवार
September 8, 2026, Tuesday

महिला टी-२० विश्वकप: न्युजिल्यान्डसँग ५८ रनले हार्‍यो भारत

महिला टी-२० विश्वकप क्रिकेटमा शुक्रबार न्युजिल्यान्डले भारतलाई ५८ रनले हराएको छ।

दुबईको दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले भारतलाई १६१ रनको लक्ष्य दिएको थियो, जसको जवाफमा भारत १०२ रनमा सीमित भयो।

भारतका लागि कप्तान हरमनप्रीत कौरले सर्वाधिक १५ रन बनाएकी थिइन्। कुनै पनि खेलाडीले एक्लै २० रन पनि बनाउन सकेनन्।

न्युजिल्यान्डका लागि रोजमेरी मेयरले सर्वाधिक ४ विकेट लिइन्।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले कप्तान सोफी डिभिनले ५७ रनको सहयोगमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो।

भारतका तर्फबाट रेणुका सिंहले २, अरुन्धती रेड्डी र शोभना आशाले १/१ विकेट लिए।

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०८१ आश्विन १९

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP