२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना

काठमाडौँ । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।

मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ ।  पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ । त्यस्तै केहि भारतीय मिडियाहरुले भने रजनीकान्तको मुटु सम्बन्धि समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।

Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०८१ आश्विन १५

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP