२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

डोटीमा मीनीट्रक दुर्घटनामा परि घाइते भएका चार जनाको हेलीकोप्टर मार्फत उद्धार

डोटी- जिल्लाको बोगटान गाउँपालिका वडा नं. ७ मा मीनीट्रक दुर्घटना हुँदा चार जना घाईते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ ।

फाइल फोटो

निर्माणाधिन मौरासेन सेती हाईड्रो पावरका कामदार ल्याएर आउदै गरेका बा २ क २७३९ नम्बरको मीनीट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईते हुनेहरुमा बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका चालक ३० वर्षीय रमाल वाया, बाँकेको राजापुर २ का ५० वर्षीय शान्त मल्ल, रामेछाप लिखु गाउँपालिका ६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ र भारतको हससोलका ५५ वर्षीय किशोर सिंह रहेका छन् ।

उनीहरु मल्लको दाहिने खुट्टा भाचिएको र छातीमा गम्भीर चोट लागेको छ भने सिंहको बाया खुट्टा, टाउको र छातीमा चोट लागेकाले उनको अवस्था पनि गम्भीर रहेको छ ।

घाइते चारै जनालाई हेलीकोप्टर मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए । जिल्ला प्रशासनको पहलमा माउण्टेन एभरेष्टको प्राईभेट हेलीकोप्टर मार्फत उद्धार गरिको बोहराले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ ८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP