२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी: बैतडीमा पहिरोले एक घर पुरिएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

गए राति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले रोकायाको घर पुरिएको उनले बताए। पहिलादेखि घर पहिरोको जोखिममा रहेको र वर्षा सुरु हुने बित्तिकै घरपरिवार र गाईवस्तु आफन्तको घरमा सारीसकेकाले मानविय तथा पशुचौपायामा क्षति नभएको प्रहरी निरीक्षक ढुंगानाले बताए। रोकायाको परिवार अहिले आफन्त पदमबहादुर रोकायाको घरमा बसीरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए।

दुईतले कच्ची घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै नष्ट भएका बताइएको छ। पहिरोले घर पुरिएको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरी टोली खटिएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ आश्विन १०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP