२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

भारतीय क्वारेन्टाइनमै किरिया गर्दै चार नेपाली

बैतडी- लकडाउनका कारण स्वदेश आउन नपाए पछि चार जना नेपाली भारतीय क्वारेन्टाइनमै ८ दिन देखि किरिया बसेका छन् । किरिया बस्नेमा २ जना आफ्ना बुवा गुमाएका छन् भने १ जना आमा र १ जना श्रीमती गुमाएका व्यक्ति रहेका छन् ।

भारतले सीमानाका खोल्न नमाने पछि बैतडीका चारै जना भारतको झुलाघाटमा किरिया बस्न वाध्य भएका छन् । सुर्नया गाउँपालिका ३ का राजेन्द्र प्रसाद भट्ट र तारा भट्टका बुवा देवदत्त भट्टको गत वैशाख ३१ गते निधन भएको थियो । उनीहरु दुबैजना झुलाघाटमै किरिया बस्न बाध्य भएका हुन् ।
यस्तै पुर्चौडी नगरपालिका ७ का ठगी साँउदका आमा भुरी साँउदको जेठ १ गते मृत्यु भएको थियो भने, सिगास गाउँपालिका ९ का कृष्ण सिंह धामीकी श्रीमती कलावती धामीको वैशाख ३० गते निधन भएको थियो । उनीहरु भारतको राजकिय इन्टरकलेज झुलाघाटको क्वारेन्टाइनमा किरिया बसिरहेका छन् ।

किरियापुत्रीले आफूहरुलाई स्वदेश फिर्ताको लागि सम्बन्धित सबैलाई आग्रह गरेका छन् । उनीहरुको उद्धारका लागि सम्बन्धित स्थानीय तहले जिल्ला प्रशासनलाई अनुरोध गरे पनि भारतीय पक्षले नाका खोल्न मानेको छैन ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ ७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP