२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

१ रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ सेवा शुल्क लाग्ने देश नेपाल !

काठमाडौं । ‘१ रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ कर लाग्ने देश नेपाल मात्र हो कि अरू पनि छन् ?’ लेखिएको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल छ । स्क्रिनशटमा एउटा बैंक अकाउन्टबाट अर्को बैंक अकाउन्टमा एक रुपैयाँ पठाउन लागेको देखिन्छ । र, त्यसको अन्तिममा चार्ज ११ रुपैयाँ ३० पैसा लाग्ने लेखिएको छ ।

एक रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ अतिरिक्त शुल्क तिर्नु परेको भन्दै सामाजिक सञ्चालमा चर्को आलोचना भइरहेको छ । एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्दा १० रुपैयाँ सेवाशुल्क लाग्ने व्यवस्था छ । भने, सेवा शुल्कको १३ प्रतिशत रकम करवापत जोडिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त चार्जका विषयमा आफ्नो धारणा राखेका थिए । यसरी मोबाइल बैंकिङबाट ट्रान्सफर गर्दा स-साना कारोबार गर्ने सेवाग्राही मारमा परेको गुनासो आइरहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई घटाउने वा निःशुल्क बनाउन छलफल गरिरहेको बताएका थिए ।

तर, हालसम्म पनि यस विषयमा सरकार वा सम्बन्धित निकायबाट मोबाइल बैंकिङबाट ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्कका विषयमा भएको काम वा छलफलको जानकारी आइसकेको छैन ।

मर्चेन्ट क्यूआरमा यस्तो शुल्क नलाग्ने भए पनि व्यक्तिगत खातामा भुक्तानी गर्दा वा रकम ट्रान्सफरको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले यस्तो शुल्क तिर्नुपर्ने हुन्छ । त्यसो त सरकारले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा स्वीकार गर्ने कार्यलाई समेत निरुत्साहित गर्दै आइरहेको छ ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०८१ आश्विन १०

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP