२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

कोरोना संक्रमितको संख्या ४२७ पुग्यो : एकै दिन थपिए २५ जना

शिस, डेस्क- नेपालमा बुधवार २५ जनामा कोरोनाभाईरस(कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २५ जनामा कोरोना पुष्टी भएको जनाएको छ ।

नयाँ पुष्टी भएका संक्रमितमा कपिलवस्तुका १३ जना, बाँकेका ६ जना, धनकुटाका पाँचजना, नवलपरासी(पश्चिम) का एकजना छन ।

योसंगै नेपालमा कुल संक्रमितको संख्या चारसय २७ पुगेको छ । संक्रमित भएका जिल्लाहरूको संख्या ३८ पुगेको छ ।

आजै आठजना कोरोनालाई जितेर घर फर्किएका छन । उदयपुरका आठजना संक्रमित सन्चो भएर घर फर्किएको मन्त्रालयले जनायो ।

यसरी सन्चो भएर घर फर्कनेको संख्या ४५ पुगेको छ ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ जेष्ठ ७

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ जेष्ठ ७

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ जेष्ठ ७

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP