काठमाडौं । सोधेका हरेक प्रश्नको फ्याट्ट जवाफ दिन सक्ने एआई टुल च्याटजीपीटीमाथि अनेकन् प्रयोग भइरहेका छन् । हालै भने परीक्षामा चिट चोर्न उपयोगी हुने गरी क्यालकुलेटरमा यसलाई जोडिएको छ ।
यो काम क्रोमालक (ChromaLock) नामक एक युट्युबरले गरेका हुन् । गत १४ सेप्टेम्बरका दिन उनले यसबारे एक भिडिओ आफ्नो च्यानलमा समेत अपलोड गरेका थिए । जहाँ उनले यस्तो क्यालकुलेटर कसरी बनाए भन्नेबारे विस्तृतमा देखाएका छन् ।
क्रोमालकको उक्त भिडिओ शीर्षक ‘मैले अत्यन्त प्रभावकारी चिटिङ उपकरण निर्माण गरेँ’ भन्ने छ । यसबाट पनि थाहा पाइन्छ कि क्याल्कुलेटरबाट केके गर्न सकिन्छ । अथवा यसबाट विद्यार्थीहरूले परीक्षामा चिट समेत चोर्न सक्ने सम्भावना देखाउँछ ।
यसका लागि उनले टेक्सास इन्स्ट्रुमेन्ट्सको टीआई ८४ नामक ग्राफिङ क्याल्कुलेटरलाई परिमार्जन गरेका थिए । यो एक प्रकारको साइन्टिफिक क्याल्कुलेटर हो । जुन विद्यालय तथा विश्वविद्यालय तहमा गणित र विज्ञानका हिसाबकिताब गर्न प्रयोग गरिन्छ ।
क्रोमालकले यसैमा इन्टरनेट जोडेर च्याटजीपीटी चलाउन सक्षम बनाएका हुन । त्यसपछि क्यालकुलेटरबाटै च्याटजीपीटीमा प्रश्न टाइप गर्न सक्ने र लाइभ उत्तर पाउन सक्ने बनाए ।
उनले यो काम क्याल्कुलेटरको लिंक पोर्टको अध्ययनबाट सुरु गरेका थिए । जुन सामान्यतया शैक्षिक प्रोग्रामहरू एकबाट अर्को डिभाइसमा ट्रान्सफर गर्न प्रयोग गरिन्छ । यसका लागि उनले ‘टीआई ३२’ नामक एउटा कस्टम सर्किट बोर्ड डिजाइन गरे ।
यसमा पाँच डलर पर्ने सिड स्टुडिओ ईएसपी ३२-सी ३ (Seed Studio ESP32-C3) नामक वाईफाई माइक्रो-कन्ट्रोलर र अन्य कम्पोनेन्ट पनि राखे ।
क्रोमालकले यो काम गर्दा इन्जिनियरिङ सम्बन्धी धेरै चुनौतीहरू सामना गर्नु परेको कुरा पनि भिडिओमा बताएका छन् । जस्तो कि भोल्टेज कम बढी हुने, सिग्नल नटिप्ने आदि । त्यही पनि कामलाई सुधार गर्दै थुप्रै मोडेल तयार पारेपछि बल्ल मात्र अन्तिम स्वरूप मिलेको उनले सुनाएका छन् ।
क्रोमालकको अन्तिम मोडेल बाहिरबाट हेर्दा विशेष खालको कस्टम बोर्ड राखिएको क्याल्कुलेटर हो भन्ने लाग्दैन । सामान्य क्याल्कुलेटर जस्तै लाग्छ । यसको अर्थ क्याल्कुलेटरको बाहिरी भागमा उनले कुनै पनि परिवर्तन गरेका छैनन् ।
यो त हार्डवेयरको कुरा भयो । यस्तो विशेष क्याल्कुलेटर बनाउन माइक्रोकन्ट्रोलर र क्याल्कुलेटरको लागि कस्टम सफ्टवेयर पनि विकास गरे । त्यसलाई उनले आफ्नो गिटहबमा ओपन सोर्सको रूपमा समेत उपलब्ध गराएका छन् । उक्त सफ्टवेयरको काम टीआई ८४ क्याल्कुलेटरको सिमुलेसन अर्थात् नक्कल गर्नु हो ।
ताकि क्याल्कुलेटरमा भएको ‘सेन्ड’ र ‘गेट’ कमाण्ड प्रयोग गरेर सजिलै फाइलहरू ट्रान्सफर गर्न सकियोस् । यसो हुँदा प्रयोगकर्ताले विभिन्न एप्लेट्स (चिट गर्नका लागि डिजाइन गरिएका साना प्रोग्राम) को पहुँच दिने लन्चर प्रोग्राम सजिलै डाउनलोड गर्न सक्छन् ।
ती एप्लेट्सहरू मध्ये एउटा च्याटजीपीटी इन्टरफेस हो, जुन छोटा प्रश्नहरूको उत्तर दिन उपयोगी हुन सक्छ । तर, लामा खालका प्रश्नहरू टाइप गर्न क्यालकुलेटरको सीमित किप्याडले ढिलो र असहज हुन सक्छ ।
च्याटजीपीटी इन्टरफेस बाहेक यस क्यालकुलेटरले अन्य चिटिङ गर्ने टुल्स पनि उपलब्ध गराउँछ । जस्तै: इमेज ब्राउजरबाट प्रयोगकर्ताले सेन्टर सर्भरमा पहिल्यै राखिएका फोटो सर्च गर्न सक्छन् । एप ब्राउजरबाट परीक्षा सकिएपछि विद्यार्थीहरूले मनोरञ्जनका लागि गेम खेल्न सक्छन्
अनि टेक्स्टमा आधारित चिटशिट पनि डाउनलोड गर्न सक्छन् । क्रोमालकले यसमा क्यामेरा फिचर पनि राख्न सकिनेबारे सङ्केत दिएका छन् । यद्यपि भिडिओमा यसबारे विस्तृत जानकारी भने उनले खुलाएका छैनन् ।
यसमा भएको लन्चर प्रोग्राम आवश्यकता अनुसार डाउनलोड गर्न सकिन्छ, जसले गर्दा शिक्षकले परीक्षा अघि क्याल्कुलेटरको मेमोरी हेरे अथवा डिलिट गरिदिए पनि कुनै फरक पर्दैन ।
साथै क्याल्कुलेटरमा टेस्ट मोड (चिट रोक्नका लागि डिजाइन गरिएको प्रतिबन्धित अवस्था) अन भएको बेला पनि यसले काम गर्न सक्छ । यसो हुँदा आफूले बनाएको क्याल्कुलेटरको यो परिमार्जित संस्करणले सामान्य खालका चिटिङ नियन्त्रण प्रणालीलाई झुक्याउन सक्ने क्रोमालकको दाबी छ ।
यद्यपि यो भिडियो शैक्षिक भएको र यसो गर्नु विद्यालयहरूको नियम उल्लङ्घन गर्नु रहेको भन्दै उनले सतर्कता भने दिलाएका छन् ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...