२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सलेना–राजपुर सडक खण्ड कालोपत्रेको काम हुँदै

डोटी: धनगढी–खुटिया–बिपिनगर–दिपायल–चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत डोटीको के.आइ.सिंह गाउँपालिकाको सलेनादेखि दिपायल सिलगढी नगरपालिका –४ राजपुरसम्मको १४ किलोमिटर ४३० मिटर सडक खण्डमा कालोपत्रेका लागि काम सुरु भएको छ । आयोजना कार्यालय र निर्माण कम्पनीबिच साउन २२ गते भएको सम्झौताबमोजिम कालोपत्रे गर्ने कामको ठेक्का प्राप्त गरेको निर्माण कम्पनीले सडकको डबल कटिङ, रुख कटानी, पर्खाल लगाउनेलगायतका कामको सुरुवात गरिरहेको छ ।

दिपायलबाट धनगढीको लागि द्रुतमार्गका रुपमा लिइएको यो सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि काम सुरु भएसँगै यस क्षेत्रका नागरिकले समयमा नै सडक निर्माण कार्य सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन् । ‘लामो समयपछि सडक निर्माण कार्यले पूर्णता पाउनेमा आशा पलाएको छ’ डोटीको केआईसिं गाउँपालिका –६ का नरेन्द्र बलायरले भने, ‘लामो समयसम्म यो सडक सुरुवात नहुने अवस्था देखेपछि हामी निराश भएका थियौं । आजभोलि तिब्र गतिमा डबल कटिङलगायतका कामहरु भइरहेको देख्दा समयमा नै सडक कालोपत्रे हुने बिश्वास पलाएको छ ।’

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ७

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP