दिपायल– डोटीमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको आदर्श गाउँपालिका ६ बस्ने ३८ वर्षीय लाल रैकाल करिब १९ वर्षिया किशोरीलाई करणी गरेको आरोपमा आइतबार पक्राउ परेका हुन् ।
गत भदौ ३१ गते सिलगढी १३ (नाम परिवर्तित) किशोरीलाई घाँटी थिचेर जबरजस्ती करणी गरेको र नगद रु ३० हजार लुटेर भागेका अभियुक्त रैकाललाई इलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
करणी गरेर फरार रहेका रैकाललाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...