२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

खानेकुरामा जिउँदो मुसा भेटिएपछि फ्लाइट डाइभर्ट

ओस्लो । यात्रीहरूलाई पस्किने खाजामा जिउँदो मुसा भेटिएपछि स्कान्डिनाभियन एयरलाइन्स (एसएएस)को एउटा उडान आपत्कालीन अवतरण गरिएको छ । यो घटना गत बुधबारको हो ।

विमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालगातिर जाँदै थियो । यो घटनापछि डेनमार्कको कोपेनहेगनमा विमान आकस्मिक रुपमा अवतरण गराइयो । सुरक्षा जोखिमका कारण कम्पनीको प्रोटोकलकै आधारमा विमानको अवतरण गराइएको एसएएसका प्रवक्ता ओएष्टिन श्मिड्टले समाचार संस्था एएफपीलाई भने ।

यात्रीहरूलाई पछि छुट्टै उडानमा मालगा पठाइएको थियो । विमानभित्र मुसा देखिएको मामिलामा विमान सेवा प्रदायकहरूको नियम कडा छ । मुसाले तारहरू काट्ने भयका कारण पनि विमानको आकस्मिक अवतरण गर्ने गरिन्छ । तर यस्तो दूलर्भ हुने गरेको श्मिड्टले भनेका छन् ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०८१ आश्विन ६

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP