२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

विदेशबाट फर्किनेहरुको व्यवस्थापनका लागि सातै प्रदेशमा ‘फोकल पर्सन’ तोकियो : सुदूरपश्चिममा लेखराज भट्ट

सरकारले विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न भन्दै सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ ।

प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई ‘फोकल पर्सन’ तोकेको जनाइएको छ ।

उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्ने जनाइएको छ । विभिन्न देशबाट तत्काल ६ लाख बढी नेपालीहरु फर्कनसक्ने आँकलन गरिएको छ । 

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ ७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP