दिपायल– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पेश गरेको बजेट तथा कार्यक्रम जनताको पक्षमा बन्न नसकेको नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य शिवसिंह ओलीले बताएका छन् ।
आइतबार प्रदेश सभामा जारी बजेटमाथिको छलफलमा भाग लग्दै उनले बजेटलाई नीजि क्षेत्रसंग जोड्न सकेपनि जनतासंग सरकार जोडिन नसकेको बताएका हुन् ।
‘हामीले जनसहभागितामा विकास भनेका छौं । सरकारले २५ लाखभन्दा तलका बजेट निर्माण नगर्ने भनेर जनतालाई बजेटमा जोड्नबाट रोकेको छ । नीजि, जनसहभागिता र सरकारको अवधारणामा सरकार अघि बढ्ने भनीएको छ । नीजि क्षेत्रलाई त सरकारसंग जोडेका छौ तर, जनता कहाँ प्रदेश सरकारसंग जोडियो ? जनता जोडिने भनेको उपभोक्तामा आधारित कार्यक्रममा हुन । सरकारले यसलाई हटाउने काम गरेको छ’ उनले भने ‘जनतालाई अधिकतम रुपमा प्रदेश सरकारको साझेदारीमा अघि बढाउन जरुरी छ ।’
उनले बजेट विधि, विधान, नियमविपरित सभामा पेश भएपनि हतारमा पारित गराउने विगतकै प्रवृति चलेको बताए । ‘बजेटका विभिन्न पाटाहरुमा रहेर माननियहरुसंग व्यापक छलफल गरिनुपथ्र्यो । कमीकमाजोरीलाई सुझावमार्फत सच्याएर अघि बढ्न सक्नुपथ्र्यो । यो सरकारले आँट गर्न सकेको छैन’ उनले भने ‘संघिय सदनमा बजेटमाथि विभिन्न पाटामा छलफल हुन्छन् । त्यहाँ विषयगत मन्त्रालयको अलग–अलग छलफल हुन्छ । तर, हामीले यो विधि अपनाउन सकेका छैनौं । आगामी दिनमा मन्त्रालयगत बजेटमा पनि छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्छ ।’
उनले प्रदेश सरकारले प्रदेश सभा सदस्य र जनप्रतिनिधिहरुले माग नगरेका क्षेत्रमा अधिकतम बजेट हालेको बताउँदै ‘मेरो जिल्ला, निर्वाचन क्षेत्रमा बजेट परेको छ । तर, पालिकाका जनप्रतिनिधि अनविज्ञ छन् । मलाई पनि जानकारी छैन् । त्यहाँका जनता पनि वेखबर छन् । बजेट माग र आवश्यकताका आधारमा बन्नुपर्छ । तर, यो विचौलियाको प्रलोभनमा परेर योजना समेटेको हामी प्रमाणीत गरेर देखाउन सक्छौं’ उनले भने ‘स्थानीय तहको सहभागिता र जिल्ला समन्वय समितिले प्रस्ताव गर्ने पनि प्रक्रिया रहेका छन । यो अभ्यास पनि अवलम्बन गरिएन् । पहाडका बस्तीहरु खाली हुँदैछन् । भारतमा न्यून तलबमा काम गर्न बाँध्य छन् । जनतालाई बस्तीमै रोक्ने नीति सरकारले बनाउन सकेको छैन् ।’
उनले बजेट कुन विधि, पारदर्शितामा बनेको हो भनेर सरकारले जवाफ दिनुपर्ने माग गरे । ओलीले अहिलेको बजेटका योजना बिचौलियाबाट आएकाले संसदीय समिति गठन गरी छानबिन गर्न आग्रह गरेका हुन । उनले प्रक्रिया भन्दा बाहिरबाट आएका योजना कसरी आए भन्ने बारेमा मन्त्रीहरूलाई थाहा भएको बताए । राजनीति संलग्नता बिना यसरी योजना आउन सम्भव नभएको उनको दाबी छ ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...