दिपायल– नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले संघियताअघिकै बाटोमा प्रदेश सरकार हिड्दा सुदूरपश्चिम बन्न नसक्ने बताएका छन् । आज बजेटमाथिको छलफलमा भाग लिँदै रावलले सरकारले संघियताको मर्मविपरित चल्दा प्रदेशको विकास सम्भव नरहेको बताएका हुन् ।
‘हामी केन्द्रको निर्देशनमा अझै चलिरहेका छौं’ उनले भने –‘सुदूरपश्चिम केन्द्रबाट हेपियो भनेर संघियताको अवधारणा ल्याइएको हो । तर, अझै हामी पुरानै बाटोमा हिडिरहेका छौं । यो अवस्थाले प्रदेशको विकास सम्भव हुँदैन् ।’
उनले सरकारले कमिसनको प्रलोभनमा परेर बजेट तयार गरेको बताउँदै खारेज हुनुपर्ने बताउँदै –‘उपभोक्ता समितिमार्फत योजना बनाउँदैन भन्नुभयो । किनकी उपभोक्ताले पैसा दिँदैनन् । कोटेशनबाट योजना बनाउँदा फाइदा हुन्छ । अहिले तपाइको निवासमा ठेकेदारको भिड लागेको होला । एउटा कोटेशनबाट ५० प्रतिशत कमिसन पाउँछ होला । त्यसैले म यो बजेटको पक्षमा छैन् ।’
उनले योजना पहुँचका आधारमा समेटिएको बताउँदै –‘अब कैलाली र कञ्चनपुर जोडेर छुट्टै प्रदेश बनाउनुहोस् र पहाडका सात जिल्लाको अर्को प्रदेश बनाउनुहोस् । थारुहरुको माग पनि छ । बजेट सबै आफनो निर्वाचन क्षेत्रमा हालेर पहाडको विकास कसरी सम्भव छ ?’
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...