दिपायल– सुदूरपश्चिम प्रदेश सरकारले कुनै नयाँ ढंगले बजेट ल्याउन नसकेको नेपाली काँग्रेसका प्रदेश सभा सदस्य विक्रमसिंह धामीले बताएका छन् । आजदेखि शुरु भएको बजेटमाथिको छलफलमा भाग लिँदै उनले असार १ गते पेश भएको बजेट तथा कार्यक्रम र अहिलेको सरकारले ल्याएको बजेटमा कुनै भिन्नता नभएको बताएका हुन् ।
‘तत्कालिन समयमा हाम्रो यो बजेट तथा कार्यक्रममा असन्तुष्टि थियो । तर, सत्तागठबन्धन फेरिएसंगै केही फरक ढंगले बजेट तथा कार्यक्रम आउँछ भन्ने लागेको थियो’ उनले भने –‘तर, यसमा २० प्रतिशतपनि भिन्नता देखिन । पुरानै कपि पेष्ट भएर आएको छ । अब हामी प्रदेश सभा सदस्यहरुले नै यसमा निरुत्साहन गर्न तत्पर हुनुपर्छ ।’
उनले सत्तागठबन्धनको सरकार रहेकाले असन्तुष्टि हुँदा समेत पास गर्नुपर्ने बाँध्यताको अवस्था रहेको बताए । उनले भने –‘हाम्रा असन्तुष्टि त छदै छ । तर, तालि बजाएर पास गरौंला । गर्नुपर्छ । चित्त बुझोस नबुझोस् गर्नैपर्छ । तर एउटा सिस्टमका विषयमा सोच्ने वा नसोच्ने भन्ने जरुरी छ । आउने बजेट विधि अनुसार नआए हामी पक्षमा हुने छैनौं ।’
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...