२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

दिपायलमा युवाबिच कुटाकुटः छ जना पक्राउ, एक गम्भिर घाइते

दिपायल– डोटीको दिपायलमा जन्मदिन मनाउने क्रममा युवाहरुबिच विवाद हुँदा एक युवक गम्भिर घाइते भएका छन् । शुक्रबार राती जन्मदिन मनाउने क्रममा २० वर्षिय युवक विकास भण्डारीले आक्रमण गर्दा अर्जुन विक गम्भिर घाइते भएका हुन् ।

जन्मदिनको पार्टी मनाउने क्रममा पेस्तोल जस्तो देखिने लाइटरले आक्रमण गर्दा विक घाइते भएको डोटी प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले जानकारी दिए । घाइते विकको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको उनको भनाई छ ।

उनका अनुसार सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भण्डारीसहित १८ वर्षिय प्रतिक नेगी, १६ वर्षिय विकास बाँनिया, रुपेश विक, युग रावल र सुरज बोगटीलाई पक्राउ गरेको छ । उनले विवादको कारणबारे आवश्यक अनुसन्धान भइरहेको बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ५

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP