२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

पहिलो पटक नेपालका डाक्टरमा कोरोना संक्रमण

नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का एक चिकित्सकलाई काेराेना भाइरसकाे संक्रमण देखिएको हो।

महाशाखाभित्र अहिले झण्डै एक सयकाे हाराहारीमा चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यरत छन्। ललितपुर निवासी चिकित्सकको व्यक्तिगत विवरण गोप्य राखिएको छ। संक्रमित चिकित्सक महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी अनुगमनमा विभिन्न जिल्ला गएर आएका थिए ।

चिकित्सकमा कोरोना संक्रमित देखिए पछि उनिसंगै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीलाई कहाँ राख्ने भन्ने विषयमा छलफल भैरहेको छ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ जेष्ठ ६

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP