दिपायल– डोटीको जोरायल गाउँपालिकामा घरबाट बजार जाने क्रममा भिरबाट लडेर एक युवति घाइते भएकी छिन् । जोरायल गाउँपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षिय रोहिता बोहरा भिरबाट लडेर घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भिमबहादुर भट्टराइका अनुसार जोरायल गाउँपालिका वडा नम्बर ४ नक्कु बस्ने रोहिता पत्थरखानी भिरबाट लडी अन्दाजी एक सय मिटर तल खसेकी थिइन् ।
उनका अनुसार घाइते बोहरा सहजपुर बजार जाने क्रममा लडेकी थिइन । उनको अहिले कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...