२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सुदूरपश्चिम प्रदेश सभा बैठक फेरी अनिश्चित

दिपायल– सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशनको ११ औं बैठक अनिश्चित बनेको छ । प्रदेश सभा बैठक आज दिउँसो २ बजे बस्ने भनिएपनि शुरु नहुँदै अनिश्चित बनेको हो ।

‘आज मिति २०८१ असोज ४ गते दिनको २ः०० बजे बस्‍ने भनिएको प्रदेश सभाको एघाह्रौँ वैठक कारणवश स्थगित गरिएको छ’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ‘उक्त वैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको व्यहोरा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि अनुरोध छ ।’

प्रदेश सभा बैठकमा भदौ ३१ गते आर्थिक मामिला मन्त्री विरबहादुर थापाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटमाथि छलफल हुने अनुमान गरिएको थियो । यद्यपी संविधानविपरित वर्तमान सरकारले नयाँ संशोधित बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्षी तथा प्रतिपक्षी दलहरुले असन्तुष्टी व्यक्त गरेका छन् । सोही कारण बैठक अनिश्चित बनेको प्रदेश सभा सदस्यहरुको भनाई छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ४

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP