२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

लोकदेउडा गायक डोटेली कान्छा सम्मानित

दिपायल– लोकदेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’लाई नेपाल सांस्कृतिक कलाकर्मी संघले सम्मान गरेको छ।

संविधान दिवसको अवसर पारेर बिहीबार नाचघरमा आयोजित समारोहबीच डोटेली कान्छालाई संघले सम्मान गरेको हो। उनलाई पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले सम्मानपत्र प्रदान गरेका थिए।

लामो समयदेखि नेपाली गीत(संगीतको संरक्षण, सम्वर्द्धनमा पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गरिएको संघ अध्यक्ष उदिराम खड्काले बताए। ‘उहाँको नेपालको राजनीति, सामाजिक क्षेत्र र कला संस्कृतिमा महत्वपूर्ण योगदान छ। सुदूरपश्चिममा रहेर देउडा संरक्षणमा अहम भूमिका खेल्दै आउनु भएको छ। यहाँको यात्राले आगामी दिनमा थप उचाइ लिने विश्वास छ,’ अध्यक्ष खड्काले भने।

सम्मानित हुन पाउँदा थप जिम्मेवारी बोध भएको डोटेली कान्छाले बताएका छन्। संघको स्थापनाकालमा डिबी गुरुङ अध्यक्ष हुँदा आफू उपाध्यक्ष रहेको स्मरण गर्दै उनले संघ आजको अवस्थामा आइपुगेको देख्दा खुसी लागेको बताए।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रबक्तासमेत रहेका डोटेली कान्छा दर्जन बढी संस्थामा नेतृत्व गर्नुका साथै थुप्रै सम्मानबाट सम्मानित भइसकेका छन्।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ४

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP