२०८३ कार्तिक ६, बिहीबार
October 22, 2026, Thursday

अनन्ते मेलाको अवसरमा भाेली बडिमालिकामा सार्वजनिक बिदा

बाजुरा— अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले  शुक्रबार अर्थात भाेली  सार्वजनिक बिदा दिने भएकाे छ । बाजुरा जिल्लाका विभिन्न स्थान तथा बडिमालिका नगरपालिकामा बढि महत्वका साथ मनाईने स्थानिय पर्वको अवसरमा बिदा दिने निणर्य गरेको हो ।

नगरपालिकाका विभिन्न वडामा लाग्ने दशै तिहार पछिको दोस्रो स्थानिय पर्व अनन्ते मेलाको अवसरमा सुक्रबार नगरपालिका भरीका स्थानिय तह अन्तरगतका सरकारी कार्यालय बिद्यालय तथा संस्थाहरुमा सार्वजनिक बिदा दिइएको नगरपालिकाद्धारा सार्वजनिक सुचनामा उल्लेख गरिएकाे छ   ।

बडिमालिका नगरपालिकाको भदाै ३० गते बसेकाे कार्यपालिका बैठकको निणर्यानुसार नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सबैमा सार्वजनिक बिदा हुने नगरपालिकाद्धारा प्रकाशित सार्बवजिनक सुचना मार्फत जनाएकाे छ । हरेक बर्षको भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने अनन्ते मेला सदरमुकाम सहितका स्थानमा बुधबारबाट अनन्ते मेला सुरु भइसकेको छ ।

३ दिन सम्म लाग्ने अनन्ते मेलाको अन्तिम दिन महत्वपुर्ण मानिने भएका कारण बडिमालिका नगरपालिकाले शुक्रबार अर्थात भोली सार्बजनिक बिदा घोषणा गरेको नगरपालिकाले जनाएको छ । महाभारतमा कौरवसंगको लडाईमा पाण्डवहरुले बिजयी हासिल गरेको खुशीयालीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरहरुले बिजयी उत्सवका रुपमा अनन्ते पर्वलाई लिने गरेको जानकारहरुले बताएका छन्।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ आश्विन ३

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP