२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम

दिपायल– डोटीमा संविधान तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरि मनाइएको छ । जिल्ला स्तरीय आयोजक समिति डोटीको आयोजनामा दिवस मनाइएको हो ।

दिवसको अवसरमा बिहिवार बिहान दिपायल सिलगढी नगरपालिकाको इन्द्रचोक देखि सिलगढी बजार, नाचन्थली हुँदै ज्रिप्रका सम्म र्‍याली निकालिएको थियो । जिल्ला समन्वय समिति डोटीको सभा हलमा पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा जनप्रतिनिधि, निजामती कर्मचारी, विभिन्न गैरसरकारी संस्थाका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक विद्यार्थी तथा राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

साथै दिवसकै अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP