२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीको भिमदत्त राजमार्ग अवरुद्ध

दिपायल– सुदूरपश्चिमको डोटीस्थित भिमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध बनेको छ । सडकमाथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जोरायल गाउँपालिका वडा नम्बर १ स्थित भिमदत्त राजमार्गको घोरडी र गोगनपानी तथा गोल्डेन खडेना सडक पहिरोले अवरुद्ध भएको छ । अवरुद्ध सडक प्रहरी सहायक निरिक्षकको टोलीले खुलाउने प्रयास गरिरहेको छ ।

यस्तै, बझाङको छविसपाथिभेरा गाउँपालिका १ बालुवाटारस्थित जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको महाशाखाले जनाएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP