२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा आज साहित्य उत्सव हुँदै, उपकुलपति जोशीले उद्घाटन गर्ने

डोटी – डोटीमा आज साहित्य उत्सवको आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सिलगढीमा उत्सव आयोजना गर्न लागिएको हो ।

साहित्य उत्सवको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उद्घाटन गर्ने तय भएको नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदले बताए।

उत्सवमा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट स्रष्टाहरू सहभागी हुन लागेको उनले बताए।

कार्यक्रममा बिभिन्न स्रष्टाहरूको सम्मान, पुस्तक विमोचन, गजल तथा कविता वाचन एबम् जनप्रतिनिधिसंग साहित्य संवाद हुने बताइएको छ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP