दिपायल– डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ स्थित पदम पब्लिक माध्यामिक विद्यालयकी छात्रा कञ्चन पाली विज्ञान प्रदर्शन प्रतियोगितामा प्रथम भएकी छन् । राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको नगरस्तरिय विज्ञान प्रदर्शनी प्रतियोगितामा ४० अंक ल्याउदै उनी प्रथम बनेकी हुन् ।
प्रतियोगितामा नगरका आठ वटा विद्यालयको सहभागिता रहेकोमा ३९ अंक ल्याउदै पवित्रा आवाशिय माध्यामिक विद्यालयकी अन्जीता मलासी द्वितीय र ३५ दशमलब ६६ अंक ल्याउँदैै अमरज्योति माध्यामिक विद्यालयका सन्देश साउँद तेस्रो बनेका छन ।
प्रतियोगितामा प्रथम बनेको पद्म पब्लिकलाई नगद ५ हजार, पवित्रालाई तीन हजार र अमरज्योतिलाई दुई हजार नगदसहित सम्मान गरिएको थियो । जिल्ला समन्वय प्रमुख लक्ष्मणबहादुर सिंहले नगदसहित विजेतालाई सम्मान गरेका थिए ।
ज्ञान, विज्ञान, सिप उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल नाराका साथ दिपायल सिलगढी नगरपालिकाले पद्म पब्लिक मुना माध्यामीक विद्यालयमा १२ औँ राष्ट्रिय शिक्षा दिवस मनाएको थियो । सो प्रतियोगीतामा पद्म पब्लिक मुना माध्यामीक विद्यालय, गैर सरकारी संस्था, सामुदायिक विकास केन्द्र (सिडिसी), दलित महिला संघले सहयोग गरेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकर सुचिकारको अध्यक्षतामा भएको कार्यक्रममा डोटी प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, विभिन्न विद्यालयका प्राधानाध्यापक तथा शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...