२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश अध्यक्षमा थापा विजयी

डोटी-  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा वीर बहादुर थापा विजयी भएका छन् । अखिल (क्रान्तिकारी) को दोस्रो प्रदेश सम्मेलनबाट अध्यक्ष पदमा १३१ मत ल्याएर थापा विजयी भएका हुन् । थापाका प्रतिस्पर्धी वीरेन्द्र राज विष्टले ११५ मत प्राप्त गरेका छन्।

सहमतिबाट कमिटी टुङ्गोमा लगाउन खोजे पनि सहमति नभएपछि निर्वाचन भएको थियो ।

त्यस्तै उपाध्यक्षमा तिलक बहादुर माल (१८५ मत), कैलाशचन्द्र गिरी (१५७ मत), जीवन बिसी (१३८ मत) र साजेन्द्र कोली (१०४ मत) निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि निर्वाचनमा होमिएका विनोद चौधरी (१०४ मत) र खेमराज साउद (९८ मत) पराजित भएका छन् ।

मुख्य सचिवमा दुई जनाको उम्मेदवारी परेको थियो । देविजंग बहादुर सिंह १३८ मत सहित विजयी भएका छन् भने शिवराज सन्ज्याल पराजित भएका छन् । उनले १०१ मत पाएका थिए ।

सचिव पदमा मनोज पुन मगर, प्रकाश आचार्य, रोहित जोशी र कमल बहादुर थापा निर्वाचित भएका छन् । सचिव पदमा सुरेश भट्ट, तारादत्त भट्ट, प्रेम परियार र लालबहादुर ओखेडा पराजित भएका छन् ।  समितिको उपाध्यक्षमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका थिए ।

 

 

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन २

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP