२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

दिपायल– सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । सोमबार बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ ।  भदौ २८ गते  बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन २

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP