२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

संविधान दिवसको पूर्व सन्ध्यामा डोटीको पिपल्लामा सरसफाई

दिपायल– संविधान तथा राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा डोटीको पिपल्ला बजारमा सरसफाई गरिएको छ । दिपायल सिलगढी नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय डोटीको सहयोग तथा जिल्ला स्तरिय कार्यक्रम आयोजक समितिको आयोजनामा बुधबार पिपल्ला बजारमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रमको समुदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले थुप्रै मानिसको त्याग पछि अहिलेको परिवर्तन सम्भव भएको स्मरण गर्दै –‘दिवसलाई सबैले आत्मसाथ गर्दै धुमधामका साथ मनाउन जरुरी रहेको छ ।’ उनले संविधान ल्याउन राजनीतिक दल, समाजसेवी, व्यवसायी, विद्यार्थी, अधिकारकर्मी सबैको योग्दान रहेको स्मरण गरे ।

सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी संघका पदाधिकारी, होटल व्यवसायी संघका पदाधिकारी, नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन २

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP