दिपायल– सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको छ ।
प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले पेश गरेको प्रस्ताव सभामुख भीमबहादुर भण्डारीले सर्वसम्मतीले पारित भएको घोषणा गरे ।
नेकपा माओवादी केन्द्रकी गितादेवी माल, नेपाल कम्यूनिष्ट पार्टी एमालेकी जानकी ऐर बम, एकीकृत समाजवादी पार्टीका नरेशकुमार शाहीले दफाबार छलफलमा भाग लिएका थिए ।
सभामुख भण्डारीले अर्को बैठक घोषणा नभएसम्मका लागि स्थगित भएको सभालाई जानकारी दिए ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...