२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीको जोरायलमा धार्मिक मेलामा धारिलो खुकुरी प्रहार गर्ने दुई युवक पक्राउ

दिपायल– डोटीको केदार देवताको धार्मिक मेलामा युवकमाथि धारिलो हतियार खुकुरी प्रहार गर्ने दुई युवक पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय डोटीले चुरे गाउँपालिका वडा नम्बर ३ शान्तिपुरका २७ वर्षिय आदर्श बिक्रम बिष्ट र २२ वर्षिय पवन साँउदलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

मंगलबार १ः३० बजेको समयमा जोरायल गाउँपालिकामा वडा नम्बर ४ थलि स्थित केदार देवताको मन्दिरमा युवाहरुबिच झैझगडा भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक भीमलाल भट्टभराईले जानकारी दिए ।

उनका अनुसार पुजापाठ तथा धार्मिक मेलामा फोटो भिडियो खिच्ने विषयमा विवाद भई झै झगडा हुंदा बिष्टले डोटी जोरायल गाउँपालिका वडा नम्बर ०४ काफली बस्ने २१ वर्षिय महेश बोहरा, युवराज बोहरा र किशोर बोहरालाई धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।

उनले फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट खटिएको प्रहरी टोलीले बिष्ट र साँउदलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताए । पक्राउ परेका विष्ट र साउँदमाथि आवश्यक अनुसन्धान भईरहेको र घाइते महेश र युवराजलाई थप उपचारको लागी सेती प्रादेशिक अस्पतालमा पठाइएको छ भने किशोरको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे जोरायलमा उपचार भईरहेको उनको भनाई छ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन १

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP