दिपायल– सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढि बजेट भौतिक पूर्वाधार मन्त्रालयमा विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएकोमा भौतिक पूर्वाधारतर्फ बढि बजेट विनियोजन गरेको हो ।
आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सोमबार सभामा पेश गरेको बजेट वक्तव्यमा भौतिक पूर्वाधार मन्त्रालयलाई १४ अर्ब ५९ करोड ७८ लाख ८४ हजार रकम विनियोजन गरेको बताए ।
कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएको प्रदेश सरकारको बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
मन्त्री थापाका अनुसार सामाजिक विकास मन्त्रालयलाई ६ अर्व ९५ करोड ५१ लाख ५५ हजार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई दुई अर्व ९१ करोड ६८ लाख ४० हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई एक अर्व ८९ करोड ८० लाख ६० हजार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३६ करोड ४७ लाख ५१ हजार रकम विनियोजन गरेको बताए ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ३५ करोड २७ लाख ६७ हजार, प्रदेश सभा सचिवालयमा १७ करोड ९१ लाख ९२ हजार र आर्थिक मामिला मन्त्रालयमा २१ करोड ९६ लाख दुई हजार रकम विनियोजन गरेको छ ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...