२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

दार्चुला जिप दुर्घटना : घाइतेहरुको परिचय खुल्यो

दार्चुला- दार्चुलामा जिप दुर्घटना हुँदा घाइते भएकाहरुको परिचय खुलेको छ । दुर्घटनामा १० जना घाइते भएका थिए ।

घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ थप्तोलीकी ४९ वर्षीया मानमती जोशी, नौगाड गाउँपालिका६ रैँचुका ३४ वर्षीया धनजीत धामी र उनकी ९ वर्षकी छोरी सुन्तली, शैल्यशिखर नगरपालिका९ नायलकी ४५ वर्षीया राधा पार्की, उनका १४ वर्षीय छोरा आकाश पार्की र २० वर्षीय छोरा सुशील पार्की रहेका छन् । यस्तै भारतको धार्चुला बस्ने ३४ वर्षीय भुपेन्द्र भट्ट, उनकी ३२ वर्षीया श्रीमती पार्वती भट्ट, ९ वर्षीया छोरी तनुजा भट्ट र ठेगाना नखुलेकी ६५ वर्षीया मानमती ओड पनि घाइते भएकी प्रहरी निरीक्षक रावतले बताए ।

घाइतेमध्ये ९ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र आकाश पार्की उपचारपछि घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

बिहीबार गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका-७ धामीगडामा दुर्घटना भएको थियो ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ भाद्र २७

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP