२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताएका छन् । दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकासगरी देशको सबैभन्दा ठूलो नाकाका रुपमा परिणत गर्ने बताए ।

“महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुुक्खा बन्दरगाह निर्माण हुन्छ”, उनले भने, “यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं ।” उनले निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिङ्करबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताए ।

“उद्योग, व्यापार वाणिज्य, पर्यटन सबैका लागि महत्त्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गर्छौं”, गृहमन्त्री लेखकले भने, “यो त्यसै गफ गरेको होइन, उहिलेउहिले महाकालीमा झोलुङ्गे पुल बनाउँछौँ भन्दा हाँस्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ, गरेपछि त बन्दो रहेछ त ।” उनले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ भाद्र २०

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP