२०८३ असार ७, आईतवार
June 21, 2026, Sunday

अर्थमन्त्री पौडेलले गरे नाडा अटो सोको उद्घाटन

नाडा अटो सो २०२४ सुरू भएको छ। भदौ १६ गतेसम्म चल्ने सवारीसाधन प्रदर्शनी मेलाको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन्।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरीले नाडा अटो सोलाई व्यवसायीहरूले दसैँको रूपमा लिने गरेको बताए।

नाडा अटो सो २०२४ उद्घाटन समारोहमा अध्यक्ष चौधरीले पहिलो अटो सो गाडी बिक्रीको लागि मात्रै नभई समग्र मोबिलिटीको लागि अटो सो हुने गरेको बताए।

अटो मोबाइल्स व्यवसाय पारदर्शी रहे पनि ठगको रूपमा चित्रित गर्न खोजेको बताए।

अध्यक्ष चौधरीले १ खर्ब लगानी गरेका अटो व्यवसायी सरकारको अस्थिर नीतिले मारमा परेको बताए। उनले नेपालको अटो मोबाइल व्यवसाय ट्रेडिङबाट सुरू भएर उद्योगको रूपमा विकास भइरहेको बताए।

चौधरीले नेपालीले नयाँ प्रविधि छिटो ग्रहण गर्न सक्ने देखिएको उल्लेख गरे। नेपालमा विद्युतीय गाडीको ७० प्रतिशत बजार हिस्सा रहेको भन्दै उनले चार्जिङ पूर्वाधारमा अर्बौँ रूपैयाँ लगानी गर्न व्यवसायी तयार रहेको बताए।

अटो सोका सहसंयोजक अनुपकुमार बरालले २४ चारपांग्रे, १९ दुईपांग्रे ब्रान्ड र हलुका कमर्सियल गाडी १२ वटा सहितका स्टल रहेको जानकारी दिए।

अध्ययन गरेर मात्रै विद्युतीय गाडीका नीति परिवर्तन गर्छौँ : अर्थमन्त्री पौडेल

नाडा अटो सो उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्रै विद्युतीय गाडीका नीति परिवर्तन गर्ने बताएका छन्। उनले व्यवसायी नै ट्रेडिङबाट उद्योगतर्फ जान खोजे सरकारले सहजीकरण गर्ने बताए।

उद्घाटन मन्तव्यमा उनले व्यवसायीका छाता संगठनले सुन्नैपर्ने कार्यक्रममा मात्रै  निमन्त्रणा गर्न आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गाडीको प्रयोग दैनिक जीवनमा हुने भएकाले विलासिताको वस्तुका रूपमा व्याख्या गर्न नहुने बताए।

नेपाल उद्योग  परिसंघका अध्यक्ष राजेश अग्रवालले मौद्रिक नीतिको खुकुलो नीतिले अटो बजार चलायमान बनाउन सहयोग गर्ने विश्वास गरे।

नेपाल चेम्बरका अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पेट्रोल वा विद्युतीय गाडी खरिद गर्ने ग्राहकको छनोट रहेको बताउँदै पेट्रोल गाडीमा कर घटाउन माग गरे।

नाडा अटो सोमा सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफेक्चरका उपाध्यक्ष  लगायत उपस्थित भएका छन्।

 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ भाद्र ११

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP