२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

दिउसै टुकी बालेर सरकारको खोजी : पश्चिम सेती योजना अगाडी बढाउन माग

डोटी– डोटीको दिपायल स्थित सेती पुलमा दिउसो १२ बजे टुकी बालेर सरकारको खोजी गरिएको छ । “सेती हरायो, सरकार हरायो” भन्ने नाराका साथ बोलन्या थलीले सांकेतिक बिरोध जनाउँदै ७ सय ५० टुकी बालेर सरकारको खोजी गरेको हो ।

राष्ट्रिय गौरवको योजना पश्चिम सेती बनाउँने भनि सरकारले २८ बर्ष देखि दिएको आश्वासन पुरा नभएकोले टुकी बालेर सांकेतिक बिरोध गरेको बोलन्या थली संयोजक यादव जोशीले बताए । नेताहरुले चुनावी मुद्धाका रुपमा मात्रै पश्चिम सेती योजनालाई प्रयोग गर्ने गरिएको बताउँदै जोशीले हरेक सरकारले पश्चिम सेती बनाउने आश्वासन मात्रै दिने गरेको बताए । उनले भने,‘सुदूरपश्चिमबाट धेरै जना मन्त्री प्रधानमन्त्री भए तर कसैले पहल गरेन, सरकारमा रहेका नेताहरुले योजनाका बारेमा रणनीतिक समन्वयकारी भुमिका खेल्न सकेका छैनन् । संसदमा यसको विषय नै उठाईएको छैन ।’

यसपालिको बजेटमा पनि पश्चिम सेती किन समेटिएन, पश्चिम सेती योजना किन हरायो , सरकार कहाँ हरायो भन्दै सरकार तथा योजनाको खोजिमा ७ सय ५० टुकी बालेर सरकारको खोजी गरेको जोशीले बताए ।

नेपाली काँग्रेस डोटीका सदस्य जीत खड्काले डोटीबाट प्रदेश राजधानी कैलाली सारिएकोमा दुःख ब्यक्त गर्दै अहिलेको दुई तिहाइको सरकारले राजधानी कैलाली सारिए पनि राष्ट्रकै गौरवको योजना पश्चिमसेतीलाई प्राथमिकता दिनु पर्ने बताए । उनले भने,‘प्रदेश राजानी कैलाली सारिए पनि पश्चिम सेती योजना बनाउँछौं, पर्यटकिय क्षेत्र खप्तड अगाडी बढाउँछौं भन्ने सरकारले आउँने आर्थिक बर्षको बजेटमा पश्चिम सेती योजना नसमेट्ने भएपछि सुदूरपश्चिमेलीलाई निकै पीडाबोध भएको छ ।’

नेता खड्काले विगत ३० बर्ष देखी सपना बाडिएको पश्चिम सेती योजना अगाडी बढाउन आगामी बजेटमा प्राथमिकताका साथ समेटिनु पर्ने बताउँदै बोलन्या थलीको सरकार खोज्ने कार्यक्रममा काँग्रेसको एकेबद्धता रहेको बताए ।

आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला ? रिभर्स माईग्रेशनको व्यवस्थापन गरौँ भन्ने नारा सहित संस्थाले यस अघि पनि पश्चिम सेती निर्माणका लागि विभिन्न दबाब मुलक कार्यक्रम गर्दै आएको छ ।

बोलन्या थलिले गरेको दबाबमुलक कार्यक्रममा डोटीका राजनीतिक दल, उद्योग व्यवसायी, बिद्यार्थी संगठन, नागरिक समाज लगायतले एकेबद्धता जनाएका थिए । बोलन्या थलीले सुदूरपश्चिमको विकास, समृद्धी लयातका सामाजिक सवालमा आवाज उठाउनुका साथै सामाजिक कार्य गर्दै आएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

सरकारले पश्चिम सेती आयोजनालाई राष्ट्रिय गौरवको रुपमा प्राथमिकतामा राखे पनि झण्डै २८ वर्षदेखि आयोजनाको काम अगाडि बढ्न सकेको छैन । बझाङ, बैतडी, डडेलधुरा र डोटी मुख्य चार जिल्ला प्रभावित हुने यो आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड युनिट विद्यत उत्पादन गर्ने अनुमान गरिएको छ । तर आयोजनाको काम नै सुरु नभई पटक पटकका सम्झौता तुहिंदै आएका छन् । 

बिना कुनै उपलब्धी थ्री गर्जेजले ६ बर्ष त्यसै समय खेर फालेको छ । त्यसअघि अष्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेशन स्मेकले पनि झण्डै १७ बर्ष अल्झाएको थियो । २०६८ सालमा स्मेकसँगको सम्झौता खारेज गरी चाइना थ्री गर्जेजलाई निर्माणको जिम्मा दिइएको थियो । 

७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनालाई क्षमता घटाएर ५ सय ५० देखि ६ सय २० मेगावाट बनाउनुपर्ने र विद्युत खरिद सम्झौता दर बढाउनुपर्ने थ्री गर्जेजकोे शर्त छ पछि काम रोकिएको थियो । पछिल्लो समय सरकारले पश्चिम सेतीको कुरै गर्न छोडिसकेको छ ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ जेष्ठ १

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ जेष्ठ १

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ जेष्ठ १

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP