२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडी शङ्कास्पद वस्तु फेला, सेनाको टोलीले निष्क्रिय गर्दे

कैलाली ।  पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

नेपाली सेनाको टोलीले अहिले शङ्कास्पद बस्तु निष्क्रिय पार्ने तयारी गरेको छ । देउवा निवास जाने दुबै सडकहरु बन्द गरिएका छन् । उक्त वस्तु के हो भन्ने कुरा अझै खुलेको छैन।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र ९

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP