२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

खुटिया– दिपायल द्रुतमार्ग: राजपुर–सलेना सडकको काम सुरु, ३ वर्ष भित्रै कालोपत्र गरिने

दिपायल- धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग अन्तरगत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम अघि बढेको छ । सडक कालोपत्रका लागि राजपुर–सलेना सडकखण्डमा डबल कटिङ्गको काम सुरु भएको हो ।

राजपुर देखि सलेना गाडसम्म १४ किलोमिटर कालोपत्र गर्ने गरी निर्माण कार्य अघि बढेको हो । उक्त कामको शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । नेपाली कांग्रेस डोटीका सचिव नारायण बलायरले सडक निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

द्रुुतमार्गअन्तरगत १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि भ्याट बाहेक ३८ करोडमा ठेक्का सम्झौता भएको सडक योजना कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए । ३ वर्ष भित्रै कालोपत्रको कामसम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको उनले बताए ।

विसं २०६४ मा खुटिया–दिपायल द्रुुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । बजेट अभावका कारण समयमै द्रुुतमार्गको काम अघि बढ्न सकेको थिएन । पछिल्लो समय राजपुरबाटै कामको सुरुवात भएपछि द्रुुतमार्गको काम छिटोछरितो सम्पन्न हुने अपेक्षा गरिएको छ ।

सडक निर्माणको कामको शिलान्यास गर्दै नेपाली कांग्रेस डोटीका सचिव नारायण बलायरले तीन वर्ष भित्रै १४ किलोमिटर कालोपत्र हुने विश्वास व्यक्त गरे । उनले फास्टट्रयाक निर्माणको काम बजेट अभाबका कारण ढिला हुँदै गएको बताउँदै सरकारले एकमुष्ट बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । “खुटिया – दिपायल फास्टट्रयाकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर त्यस अनुसारको बजेटको व्यवस्थापन गर्नुपर्ने हो विगतमा त्यो हुनसकेन,“उनल भने,“अवका दिनमा यो सडक सरकारको मुख्य प्राथमिकतामा पर्ने छ र समयमै बजेटको व्यवस्थापन हुनेछ भन्नेमा हामी विश्वस्थ छौं । जसका लागि हामी पनि खटिनेछौं ।”

ढिलै भए पनि सडक निर्माणको काम अघि बढेकोमा स्थानीयहरुमा खुसी देखिएको सडक संघर्ष समितिका संयोजक हर्क विष्टले बताए । लामो समय देखि यो सडक निर्माणका लागि संघर्षरत थियौं । सबैको सहयोगले आज १४ किलोमिटर सडकको काम सुरुवात भएको छ, ‘उनले भने ।

निर्माण व्यवसायी भानु बोहराले स्थानीयहरुको सहयोग प्राप्त भएमा ३ वर्षको अविधि भन्दा अगाडी नै कालोपत्रको काम सम्पन्न गर्ने बताए । राजपुरबाटै निर्माण कार्य सुरु गर्ने तयारीमा थियौं । वनबाट रुख कटानको आदेश नपाएका कारण अहिले बीचबाट कामको सुरुवात गरेकाछौं । १०÷१५ दिन भित्रै रुख कटान आदेश आएपछि राजपुरबाटै काम सुरु गछौं,‘उनले भने ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र ८

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP