२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

सुदूरपश्चिम गौरा महोत्सवको मिति सारियो

धनगढी – सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा हुने गौरा महोत्सवको मिति सारिएको छ । यस  अघि भदौ ८, ९ र १० गते हुने भनिएको महोत्सवको मिति भदौ १०, ११ र १२ गते सारिएको सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी र देउडा प्रतिष्ठानका अध्यक्ष दल बहादुर बोगटी जारी जारी सूचनामा विविध कारणवश महोत्सवको मिति सारिएको उल्लेख छ । देउडा महोत्सवको भदौ १० गते दिउँसो २ बजे धनगढीस्थित पुरानो एयरपोर्ट (खुला मञ्च) मा आयोजना हुने जनाइएको छ ।

महोत्सवमा यस वर्ष विद्यालय स्तरिय खुला देउडा प्रतियोगिता आयोजना गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जोशीले बताए। डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, द्वितीय हुनेलाई ७ हजार ७ सय ७७ , तृतीय हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वना हुनेलाई ३ हजार ३ सय ३३ नगद सहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानले जनाएकाे छ ।

गौरा महोत्सवमा सहभागी हुनका लागि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले सबैलाई आह्वान गरेको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ भाद्र ८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP