२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

स्वास्थ्य भवन तथा प्रसूति गृह हस्तान्तरण


दिपायल – सायल गाउँपालिकालाई स्वास्थ्य भवन तथा प्रसूति गृह हस्तान्तरण गरिएको छ । गाउँपालिकाकोे डौडमा निर्माण गरिएको चार कोठे भवन हस्तान्तरण गरिएको हो ।

आड्रा नेपाल, इन्नुडेक बाँके र गाउँपालिकाकोे संयोक्त लगानीमा निर्माण भएको डौड स्वास्थ्य चौकीको भवन र प्रसूति गृह हस्तान्तरण गरिएको हो ।

२३ लाख ५० हजार  लागतमा  निर्माण भएको उक्त भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । तत्कालीन अवस्थामा निर्माण गरिएको प्रि – फ्याकबाट निर्माण गरिएको भवन हस्तान्तरण गरिएको इन्नुडेक नेपालले जनाएको छ।

२०७९ कार्तिक २२ गते गएको भुकम्पले सायल गाउँपालिका खेत्रमा रहेका सार्वजनिक तथा निजी घरहरूमा क्षति पुगेको थियो । सोही भूकम्पका कारण डौड स्वाथ्य चौकीको भवनमा पूर्णरुपमा क्षति पुगेको थियो । भवनमा क्षति पुगेसँगै स्वास्थ्य उपचार तथा  प्रसूति सेवामा असर परेको थियो ।

स्वास्थ्य चौकीको भवनमा क्षति पुगेसँगै तत्कालका लागि अस्थायी टहराबाट विरामीहरुलाई स्वाथ्य उपचार सेवा दिने गरिएको थियो भने जिर्ण अवस्थामा रहेको पुरानो भवनबाट प्रसूति सेवा दिने गरिएको थियो । नयाँ भवन हस्तान्तरण भएसँगै स्वाथ्य सेवा प्रवाहमा सहजता हुने  स्वास्थ्य शाखा प्रमुख धर्म सिंह बमले बताए ।

इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायाले स्वास्थ्य चौकीको भवन निर्माण भए डौड क्षेत्रका वासिन्दाहरुले सहजरुपमा स्वास्थ्य सेवा लिन सक्ने बताउँदै स्वास्थ्य संस्थाको मर्मत सम्भारमा ध्यान दिन अनुरोध गरे । उनले आगामी दिनहरुमा पनि सायलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन गाउँपालिकासँग निरन्तर सहकार्य गर्ने उनले बताए ।

आड्रा नेपालका निर्देशक तथा प्रमुख टम पिन्यनले आफुहरु संस्थाको लक्ष्यलाई मध्यनजर गर्दै स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आईरहको बताए । आड्रा नेपाल स्थानीय सरकारसँग हातेमालो गर्दै समुदायको हितमा काम गर्न तत्पर रहेको उनले बताए ।

आड्रा नेपालका विपद संयोजक डा. सुमन रावलले विपदका लागि पूर्व तयारी र विपद पछि हुने क्षतिलाई मध्यनजर गर्दै आड्रा नेपालले नेपालका विभिन्न ठाउहरुमा काम गर्दैै आएको बताए । २०७९ कोे भुकम्पने सबै भन्दा बढी क्षति भएको  स्वास्थ्य चौकीमा सहयोग गरि भवन निर्माणको कार्य गरेको उनले बताए । भुकम्प  पछि आड्रा नेपाल र इन्रुडेकले प्रभावित क्षेत्रका विभिन्न स्थानहरुकोे अध्ययन गरेको उनको भनाइ थियो ।

स्वाथ्य भवन तथा प्रसूति गृह हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष धर्मराज जाशीले सहयोगी दातृ निकायहरुलाई धन्यवाद ज्ञापन गरे।  उनले सायल गाउँपालिका भौगोलिक र विकासका दृष्टिकोणले पछि परेको पालिका भएकाले सरकार तथा गैर सरकारी संघसंस्थाहरुको प्राथमिकतामा पर्नुपर्ने बताए । समुदाय स्तरमा काम गर्न आएका दातृ निकायहरुलाई सायल सरकारले पूर्ण सहयोग गर्ने अध्यक्ष जोशीले बताए ।

“गाउँपालिकामा हामी सबै सहयोगी निकायलाई काम गर्न सहज वातावरण बनाउन तयार छौं,”अध्यक्ष जोशीले भने,” त्यस्ता संघसंस्थाहरुले पनि हामीलाई प्राथमिकतामा राखिदिनु पर्याे ।हामी दातृ निकाय र सहयोगी संस्थाहरूसँग साझेदारी गरि काम गर्न  तत्पर छौं ।”

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र ७

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP