२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

प्रहरीमाथि हातपात गर्ने सायल गाउँपालिकाका दुई जना प्रक्राउ

डोटी- प्रहरीमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मदिरा सेवनगरी चौकीमै गई हातपात गर्ने सायल गाउँपालिका–५ का कर्ण बहादुर डुम्रेल र नरेश किम्तोलालाई प्रहरीले पक्राउ गरिएको हो ।

सायल गाउँपालिका वडा नं. ५ मा रहेको दौड प्रहरी चौकीमा रहेका प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरिक्षक कर्ण बोहराले बताए ।

मंगलबार साँझ होटलमा मादक पदार्थ सेवनगरी होहल्ला गरिरहेको अवस्थामा किम्तोलालाई सम्झाउन प्रहरी चौकी लगेपछि डुम्रेल पनि प्रहरी चौकीमा गएर आक्रमण गरेको इन्सपेक्टर बोहराले बताए । उनिहरुलाई होटलमा मदिरा सेवनगर्दै होहल्ला गरिरहेको अवस्थामा डिउटिमा खटिएका प्रहरी ह्वल्दारले सम्झाउन खोज्दा विवाद भएको थियो ।

हातपात गर्ने दुबै जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिलगढी ल्यायर मुद्धा दर्ता गरिएको प्रहरी निरिक्षक बोहराले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ बैशाख ३१

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP