तिर्थराज भट्ट
डोटी- जोरायल गाउँपालिकाका दुई मजदुर दिपायलमा अलपत्र परेका छन् । जोरायलबाट पुर्विचौकी गाउँपालिका सानागाउँका लागि तेलेलेकको बाटो हुँदै पैदल हिडेर दिपायल पुगेका मजदुर अलपत्र परेका हुन् ।
सोमबार जोरायलबाट जंगलको बाटो हुँदै आएका मजदुर मंगलबार शिखर नगरपालिकाको मुडभरा पुगेका थिए । मुडभराबाट पैदल बुधबार (आज) दिपायल सिलगढी नगरपालिका-४ दिपायल पुगेका छन् ।
जोरायल गाउँपालिका वडा नं. ३ का २४ बर्षिय गोपाल विष्ट र ३३ बर्षिय योगेन्द्र साउँद खानेपानीको काम गर्न पुर्विचौकी जाने क्रममा दिपायल पुगेका हुन् । सिनाउँको उपभोक्ता समितिले उनलाई कामका लागि बोलाएको हो ।
तीन दिन देखि पैदल हिडेर आएकाले हिड्न सक्ने अवस्था समेत नरहेकाले आफूहरूलाई गाडिको व्यवस्था गरेर गाउँपालिका सम्म जाने व्यवस्था मिलाई दिन आग्रह गरिरहेका छन् । शिखर समाचारको सम्पर्कमा आएका मजदुर योगेन्द्र साउँदले जंगलको बाटो भौतारिदै भौतारिदै मुडभरा हुँदै पैदल दिपायल पुगेको बताए । उनले भने,’ लकडाउन खुकुलो छ गाडी चलिराछन् भनेर आए आजबाट झन् कडा भएको रहेछ । हामि फर्किन्छौं भन्दा उपभोक्ता समितिका मान्छेले एकचोटी पुगेर जानुस् भन्दैछन् विचबाटो थला परेका छौं । हिड्न सक्ने अवस्था पनि छैन ।’
अलपत्र मजुरले आफुलाई पुर्विचौकी सम्म पुर्याइदिन विभिन्न व्यक्ति संग अनुरोध गरिरहेका छन् । गाडिको व्यवस्था हुन नसके पैदल पुर्विचोकी गाउँपालिका पुग्न अझै दुई दिन लाग्ने साउँदले बताए ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...