२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुग्यो

शिस डेस्क- आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

जनकपुरमा आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या २ सय १९ पुगेको हो । संक्रमित हुनेहरुमा एक पत्रकार पनि छन् ।

स्थानीय टेलिभिजनमा कार्यरत उनी जनकपुरको शिवचोक–२ का बासिन्दा रहेको बताइएको छ । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अर्का संक्रमित जनकपुर उपमहानरपालिका–४ मा स्टेशनरी पसल गर्दै आएका व्यापारी हुन् ।

हिजो मात्र एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये ३४ जना उपचारपछि निको भएका छन् ।

यस्तै हाल देशभर १८ हजार ९ सय ६४ जनामा पीसीआर परीक्षण गरिएको छ भने आरडीटीबाट ५९ हजार ६ सय २७ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख ३१

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP