२०८३ असार ९, मंगलवार
June 23, 2026, Tuesday

राष्ट्र बैंकद्वारा यी दुई मनिचेन्जर कम्पनीको इजाजत रद्द

काठमाडौँ- नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जर कम्पनीको इजाजत रद्द गरेको छ।

बैंकले बिहीबार सार्वजनिक सूचना जारी गरी रेन्बो मनी एक्सचेन्ज प्रालि (ठमेल, काठमाडौँ) र कसा मनी एक्सचेन्ज प्रालि (पुल्चोक, ललितपुर) इजाजत रद्द गरेको जानकारी दिएको हो।

मनिचेन्जर कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र लिएका उनीहरूलाई तोकिएको समयमा नवीकरण नगरेकाले कारबाही गरिएको हो।

सूचना भनिएको छ, ‘नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ।’

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ श्रावण ३१

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP