धनगढी– सुदूरपश्चिम प्रदेश सामयिक राजश्व संकलन सम्बन्धी अध्यादेश २०८१ मंगलबार प्रदेश सभाबाट स्वीकृत भएको छ । पाँचौ अधिवेशनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले स्वीकृतका लागि प्रस्ताव पेश गरेका थिए ।
सभामुख भीमबहादुर भण्डारीले भने –‘हुन्न भन्ने आवाज नआएकाले प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश स्वीकृत प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गर्दछु ।’
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाउन प्रस्ताव पेश गरे । मन्त्री सार्कीले सो विधेयकलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस भनी प्रस्ताव पेश गरेका थिए ।
यस्तै विधायन तथा प्रदेश मामिला समितिमा छलफलमा रहेको प्रदेश विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनलाई सभापति दिवानसिंक विष्टले सभामा पेश गरेका थिए ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...