२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

राहत चामल बिवादमा छानविन गरि कार्वाही गर्ने उप–महानगरको प्रतिवद्धता


धनगढी- धनगढी उप–महानगरपालिकाले वडा नं ४ मा वितरण गरिएको राहत चामलको गुणस्तर चेकजाँच र छानविन गरि दोषीलाई कार्वाही गरिने प्रतिवद्धता ब्यक्त गरेको छ ।


मंगलबार एक विज्ञप्ती जारी गर्दै छानविनको प्रकृया अगाडी बढी सकेको बताईएको छ । विज्ञप्तीमा भनिएको छ ,अहिले विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । नेपाल सरकारले महामारी फैलिन नदिन चैत ११ गते देखि लकडाउन जारी गरेको छ । बाध्यात्कम लकडाउनका कारण मजदुर बर्गलाई छाकटार्न समस्या भैरहेको अवस्थामा धनगढी उप–महानगरपालिकाले वडातहमा गठन गरिएको सर्वदलिय सर्वक्षिय समितिले विवरण संकलन गरेर पठाएका त्यस्ता ब्यक्ति र परिवारलाई सरकारी मापदण्डमा रहेर पहिलो र दोश्रो चरणको राहत वितरणको काम भैरहेको छ ।
राहत वितरणका क्रममा यस उप–महानगरपालिका वडा नं ४ मा २०७७ बैशाख २८ गते दोश्रो चरणमा वितरण गरिएको राहत मध्य केहि ब्यक्तिले बुझेको राहतमा गुणस्तर नभएको चामल भेटिएको भन्ने कुराले हाम्रो गम्भीर ध्यान आकर्षण गराएको छ विज्ञप्तीमा भनिएको छ , उप–महानगरपालिकाबाट दोश्रो चरणको राहत चामल खरिद गर्ने ठेक्का धनगढीमै रहेको ठाकुर ट्रेड लिङ्कले पाएको आम नगरवासीमा जानकारी गराउन चाहन्छौं । ठेक्का पाएको फर्मले वडाबाट पठाएको राहत पाउनेको विवरणका आधारमा वडामा नै चामल लगायतको राहत सामाग्री खसालेको अवगत गराउन चाहन्छौं विज्ञप्तीमा भनिएको छ, कुहिएको चामल भेटिएको सूचना पाउने वित्तिकै त्यस वडामा राहत वितरणको कार्य स्थगित गरेर टोली गठन गरेर छानविनको प्रकृया अगाडी बढाईएको छ । छानविन र जाँचबुझका क्रममा देखिने दोषीलाई कार्वाही गरिने प्रतिवद्धता ब्यक्त गर्दछौं ।
उप–महानगरपालिकाका सबै वडाहरुमा भैरहेको राहत वितरण कार्य रोक्न १९ वटै वडा समितिलाई आग्रह गर्दछौं विज्ञप्तीमा भनिएको छ, छिटोभन्दा छिटो छानविन गरेर रोकिएको राहत वितरण कार्य सुचारु गरिने आम नगरवासीमा जानकारी गराउँछौं ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ बैशाख ३०

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP