२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

नेपालको नक्सामा ईतिहास देखिनै लिम्पियाधुरा छैन : मन्त्री अर्याल (अडियो सहित)

अर्यालको अन्तर्वार्ता विवादमा, माफी माग्न दवाव

शिस डेस्क- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले नेपालको नक्साभित्र लिम्पियाधुरा नपर्ने अभिव्यक्ति दिएकी छिन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा मन्त्री अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेरे अभिव्यक्ति दिएकी हुन् ।

मन्त्री अर्यालले लिपुलेक र कालापानी नेपाली नक्सामा भए पनि लिम्पियधुरा इतिहाँस देखिनै नरहेको अभिव्यक्ति दिएकीछिन् । उनको अभिव्यक्तिको चौतर्फि बिरोध भैरहेको छ ।

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाको अन्तराष्ट्रिय विभाग प्रमुख माधव कुमार नेपालले अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेता नेपालले आफ्नै पार्टीबाट मन्त्री भएकी अर्याललाई तत्काल माफी माग्न पनि निर्देशन दिएका छन् । उहाले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सुझाव पनि दिएका छन् । सोमबार बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भने, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस् । तत्काल माफी मागिहाल्नुस् ।’

बैठकमा अन्य सांसदहरुले पनि मन्त्री अर्यालको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेबारपूर्ण भएको टिप्पणी गरेका थिए । बैठकमा नेपाली रेडियो नेटवर्कबाट प्रसारित अन्तर्वार्ता नै बजाएर सुनाएर आपत्ति प्रकट गरिएको एक साँसदले जानकारी दिएका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ बैशाख २९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP